२०८२ असार १ आइतबार

राशिफल

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दै

काठमाण्डौ :  फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबरीमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको हो ।

 

खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।