२०८२ जेठ २८ मङ्गलबार

राशिफल

रुसको ठूलो योजनालाई यसरी विफल बनायो युक्रेनको एउटा सानो सहरले

काठमाडौं :  युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनका धेरै भूभागहरु रुसले कब्जा गरेको छ । तर एउटा यस्तो शहर छ जसले रुसी सेनालाई लखेट्न सफल भएको छ ।

यो लडाइँ युद्धको हालसम्मको सबैभन्दा निर्णायक लडाइँमध्यको एक थियो । खेती र उब्जाउ जमिन भएको शहर वोज्नेसेन्स्क र यसको रणनीतिक रुपमा महत्वपूर्ण पुलमा नियन्त्रणका लागि दुई दिनसम्म भिषण संघर्ष चल्यो ।

यदि यहाँ रुस विजयी भएको भए कालो सागरको किनारसँगै ओडेसाको विशाल बन्दरगाह र एक प्रमुख परमाणु ऊर्जा संयन्त्रमा रुसले नियन्त्रण गर्न सक्थ्यो । तर युक्रेनका स्थानीय स्वयंसेवकको सहयोगमा युक्रेनी सेनाले रुसी सेनाको रणनीति विफल बनाइदियो । रुसी सेनालाई शहर प्रवेशमा रोक्ने उद्देश्यले युक्रेनी सेनाले सुरुमा पुल भत्काइदिए । त्यसपछि प्रतिकार गर्दै रुसी सेनालाई त्यहाँबाट १०० किलोमिटर टाढासम्म पछि हट्न बाध्य बनाए ।

वोज्नेसेन्स्कका ३२ वर्षीय मेयर येवेनी वेलिच आफैं पनि लडाइँमा खटिएका थिए ।