२०८२ असार १० मङ्गलबार

राशिफल

माथिल्लो पदमा पुगेका महिलामा महिलाका लागि केही गरौ भन्ने भावना हुनुपर्छ : मन्त्री उमा रेग्मी

काठमाडौं :  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले माथिल्लो पदमा महिला पुग्दैमा देशमा महिलाका समस्या समाधान नहुने बताएकी छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले माथिल्लो पदमा पुगेका महिलामा महिलाका लागि केही गरौ भन्ने भावना हुनुपर्ने बताएकी हुन ।

उनले आफु महिला मन्त्री भएर राष्ट्रपति रहेकी महिलालाई भेट्न नपाएको गुनासो गरिन् । राष्ट्रिय महिला दिवसका अवसरमा उनले विशिष्ट अतिथिका रूपमा राष्ट्रपति विद्या भण्डारीलाई निमन्त्रणा गर्दा कार्यक्रममा  समेत  नआएको उल्लेख गरिन् ।

उनले राष्ट्रपतिले पूर्वाग्रह राखेर कार्यक्रममा नआएको बताउँदै भनिन्, ‘म महिलाहरूको नेतृत्व गर्ने महिला मन्त्री भएर पनि महिला नै राष्ट्रपति रहेको व्यक्तिलाई भेट्न सकिन । जो महिला पदमा पुगेको छ उसले आग्रह पूर्वाग्रह राखेर हुन्छ मैले अन्तरपार्टी सञ्जालको नेतृत्व गरेको १९ वर्ष भयो । महिलाको दिमागमा पनि महिलाका लागि केही गरौं भन्ने भावना हुनुपर्छ ।