२०८२ जेठ २२ बुधबार

राशिफल

गोपीकृष्ण मुभिजका तीन वटा हलहरू पुन :सञ्चालनमा आउने

काठमाडौं : पछिल्लो समय कोरोना महामारीका कारण बन्द भएको गोपीकृष्ण मुभिजका तीन वटा हलहरू पुन :सञ्चालनमा आउने भएको छ। गोपीकृष्ण मुभिज अन्तर्गतका तीनवटा हलहरू शुक्रबारबाट सञ्चालनमा आउने भएको बुझिएको छ ।

गोपीकृष्ण मुभिजले विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो। दर्शकप्रति पर्न गएको असुविधालाई मध्यनजर गदैँ ओम, नम र शिवाय हललाई मर्मत गरी पुन सञ्चालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।

गत वैशाखमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स निर्माणका लागि साविकको गोपीकृष्ण हल भत्काइएको थियो। जसमध्ये ३ वटा हलहरु भने बाँकी नै थिए। तिनै हललाई मर्मत–सम्भार गरी सञ्चालन गर्न लागिएको बुझिएको छ ।

अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आउन लागेको हलको नाम आरजीबी रहनेछ। ‘आरजीबी अर्थात् रेड, ग्रिन एन्ड ब्लु। कुल ५०० सिट क्षमता रहेको हलहरूमा हरेक घण्टाको अन्तरमा शो शुरु हुने छ।

बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। फिल्मले हलमा दैनिक १२ वटा शो गर्नेछ। भोलि शुक्रवारबाट तिनै हलमा नेपाली फिल्म चिसो एष्ट्रेसँगै बलिउड फिल्म द कश्मिर फाइल्स , आरआरआर रिलिज हुने चरणमा रहेको जनाएको छ ।