काठमाण्डौं : बलात्कार आरोपित अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।
ल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी हुन् ।
संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन् ।
उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् । शाहसँग चिनजान भई सँगै कार्यक्रममा जाँदा तथा भिडियो सुटिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।
तपाइँको प्रतिक्रीया