काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा आएको समस्या समाधान भएको छ । तर बिहानदेखि नै जहाज उडानमा ढिलाइ भएकाले दिनभरि नै उडान सेवा भने प्रभावित भएको छ ।
बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको जनाएको छ ।
तर ढिलो भए पनि उडान नरोकेको उनले बताए ।
तपाइँको प्रतिक्रीया