२०८२ असार ५ बिहीबार

राशिफल

बलात्कार आरोपमा १ व्यक्ति पक्राउ

काठमाडौं : भक्तपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

१४ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाँडादेवी गाउँपालिका २ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।