काठमाण्डौं : नेकपा (माओवादी केन्द्र सोलखुम्बुले पार्टीको साधारण सदस्य समेत नरहने गरी २ जनालाई निष्काशित गरेको छ । माओवादी केन्द्रले थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमका वडा अध्यक्ष भुपाल सिंं राई र वडा सदस्य सोम कुमार तामाङलाई हटाएको हो ।
पार्टीको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक असिम राईले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका समिति सदस्य समेत रहेका भुपाल सिं र सोमकुमारलाई पार्टी सिद्धान्त विपरित कार्य गरेकाले निष्काशित गरिएको जनाएका छन् ।
जनपक्षीय र पार्टी पद्धतिमा रहेर काम गर्न पटक पटक निर्देशन दिएको भएपनि पार्टी आचारण र जनहित विपरितका कार्यहरु प्रदर्शन गरेको, मुलुकका प्रतिगमनकारी शक्तिहरुसँग अनावश्यक साँठगाँठ गरि पार्टीलाई नै बद्नाम गराउने गरि अगाडी बढेको पाइएकाले कार्वाही गर्न बाध्य भएको माओवादी केन्द्रले जनाएको छ ।
सोही विज्ञप्ति मार्फत उक्त कार्बाही प्रतिगमनका मतियारहरुलाई मात्र भएकोले विचलित नभई नजिकिंदै गरेको स्थानीय चुनावमा सोलुखुम्बुमा नेकपा माओबादी केन्द्रलाई पहिलो पार्टी बनाउने दिशामा अग्रसर भएर काम गर्न अपिल समेत गरिएको छ ।
लामो समयदेखि ट्रेकिङ व्यवसायमा आवद्ध रहेका भुपाल सिं राईलाई माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार बनाएको थियो ।
तपाइँको प्रतिक्रीया