२०८२ असार १० मङ्गलबार

राशिफल

अब खल्ती वालेटमा बैंक लिंक गरे रू. १०० बोनस पाइने

काठमाण्डौं : खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ ।

यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्। जसमा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ।

बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ भने यो अफर चैत्र ९ गतेदेखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ।