काठमाडौँ : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका वडाध्यक्ष भूपालसिंह राईले एमालेमा प्रवेश गरेका छन् । ०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट जितेको राईले बिहीबार एमाले प्रवेश गरेका हुन् ।
वडाध्यक्ष राईसहित अन्य ६२ जना एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा वडाध्यक्ष राईसहित वडा सदस्यद्वय रेणुका रसाइली र सोमकुमार तामाङसमेत रहेका छन् ।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । उनि केही समयअघि मात्रै माओवादी पार्टीबाट निष्कासित भएका थिए ।
तपाइँको प्रतिक्रीया