२०८२ असार १० मङ्गलबार

राशिफल

मन्त्री खाँण आउन लागे, छिटो, छिटो सडक चिटिक्क पारौं

काठमाण्डौं : गृहमन्त्री बालकृष्ण खाण आउने भएपछि तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको सडकको हतारहतारमा मर्मत गरिँदै छ ।

बोदेबर्साइन नगरपालिकाको दुई पुलको उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।

बोदेबर्साइन नगरपालिका ५ मा रहेको खडक नदी पुल,वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका(१ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।