२०८२ असार १० मङ्गलबार

राशिफल

स्थानीय तह चुनावमा २ करोड मतपत्र छापिने

काठमाण्डौं : निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए ।

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको जानकारी दिए । यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् ।