२०८२ असार ४ बुधबार

राशिफल

नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकियो, थुनछेक आदेश आजै आउने

काठमाण्डौं : नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ ।

थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।

उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए ।