२०८२ असार १० मङ्गलबार

राशिफल

लेटाङ घटनाको दोषी पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउ – मानव अधिकार आयोग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मोरङको लेटाङमा प्रहरी मारिएको घटनाका दोषी पहिचान गरी तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रभावकारी अनुसन्धानमार्फत घटनामा संलग्‍न दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउन आग्रह गरे ।

विज्ञप्तिमा घाइतेहरुको निशुल्क स्वास्थ्योपचार गर्न, बालिकामाथि भएको यौन दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

आयोगले भविष्यमा यसप्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन सबै पक्षलाई आग्रह गरेको छ । एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका लेटाङ नगरपालिका – ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ६ गते आक्रमण भएको थियो ।

May be an image of text