काठमाण्डौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक बनेका छन् ।
बिहीवार पर्साको वीरगञ्जमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यादवप्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए ।
‘जनताले देखिरहेको छ, बुझिरहेको छ, मधेसी जनलाई श्री बनाउने, साधन बनाउने, अनि मधेसवाद छैन, मधेस छैन, यो चाहीँ सुहाएन । बेइमानी भयो । यो गर्नुहुँदैन,’ महतोले भने,
‘हिजोसम्म म मधेशवादी भनेर उफ्रि उफ्रि भाषण गर्ने, आज मधेशवाद थाहै छैन भन्ने । मधेशवाद थाहा छैन भन्नुको मतलव मधेश थाहा छैन भन्नु हो ।’
तपाइँको प्रतिक्रीया