काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनएको आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार २५ मार्च नेपाली समय राति ९ बजे बस्न लागेको हो ।
शर्माका अनुसार संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुनेछ ।
बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ । बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ ।
तपाइँको प्रतिक्रीया