काठमाण्डौ : सडक मर्मतको लागि ललितपुरको सातदोबाटो–चापागाउँ सडकमा आज पनि गाडी डाइभर्सन गरिने भएको छ ।
आज बिहान ११ बजेदेखि चार बजेसम्म गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले अस्ति मङ्गलवारदेखि आन्दोलन गरेर सडक बन्द गरेपछि ठेकेदार शैलुङ कन्स्ट्रक्सनले काम थालेको छ । ललितपुर महानगरपालिका २७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो । एक वर्ष अगाडि यो सडक पिच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या भएको छ ।
यसैबीच, हिजो स्थानीय बासिन्दाको आन्दोलनका कारण बन्द भएको काठमाण्डौको जोरपाटी–साँखु सडक खण्ड आज भने खुला छ ।
।
तपाइँको प्रतिक्रीया