२०८२ असार ९ सोमबार

राशिफल

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २ बजे बस्ने

काठमाडौं : मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।यस्तै, अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए ।

 

यसअघि, फागुन १ गते आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी ४ पटक स्थगितगरेको थियो ।