२०८२ असार १ आइतबार

राशिफल

एकदिवसिय सिरिजमा पिएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं :  पपुवा न्युगिनी पिएनजीविरुद्ध एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपाललाई दोस्रो सफलता दीपेन्द्रसिंह ऐरीले दिलाएका हुन् ।

उनले १२ ओभरको अन्तिम बलमा ओपनर टोनी उरालाई ३८ रनमा आउट गरे । ४७ बलको सामना गरेका उराले ६ चौका प्रहार गरे । त्यसअघि, सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट व्यक्तिगत ४ रनमा क्याच गराए ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ ।