२०८२ असार ९ सोमबार

राशिफल

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

काठमाडौं : सर्लाहीको पर्सा गाउँपालिका ३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका जनाएको छ ।

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्कर ट्रयाक्टरका चालक फरार रहेकाले खोजी तिव्र पारिएको प्रहरी चौकी नारायणपुर सर्लाहीले जनाएको छ ।