२०८२ असार ९ सोमबार

राशिफल

वाङको अवतरण हुने बेला सबै उडान बन्द हुने

काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी आज दिउँसो ३ : ५० बजे काठमाडौं आइपुग्ने भएका छन् । तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका विदेशमन्त्री वाङ तोकिएको समय भन्दा अगाडि नै आइपुग्न लागेका हुन्।

पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका थिए। उनी भारतबाट आज नेपाल आउन लागेका हुन्। वाङ अवतरण हुने समयमा विमानस्थलमा हुँदै आएको सबै उडान अवतरण स्थगन हुनेछ। केहि समयपछि फेरि सेवा सुरु हुनेछ।