काठमाण्डौं : नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।
मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संसोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको थियो ।
विधेयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संसोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रीया