काठमाडौं ; नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आगामि स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय गर्नका लागि बैठक बस्न लागिएको हो ।
उम्मेदवारलाई टिकटदेखि संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगाय विविध विषयम बैठकमा छलफ हुने भनिएको छ ।
उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ ।
चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।
तपाइँको प्रतिक्रीया