गणेश खड्का/काठमाण्डौं : आर्थिक वर्ष २०७७ श्रावन १ देखि २०७८ चैत्र ६ गतेसम्म वैदेशिक रोजगारका लागि नेपालबाट १८ सय ८७ जना महिलाहरु कतार गएका छन् । यो वर्ष पनि विभिन्न कामको शिलसिलामा २४ पदमा महिलाहरु कत्तार प्रवेश गरेको वैदेशिक रोजगार विभाग बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
यसरी हेर्दा कोरोना महामारीको समयमा रोजगारीमा जानेको संख्या केही कम भए पनि नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या विगतमा भन्दा बाक्लोे हुँदै गएको प्रष्ट हुन्छ । महिला कामदारहरुले वैदेशिक रोगारमा जाँदा अधिकांसले सिप सिकेर गएका छन् भने केहि महिलाहरु कुनै पनि सिप नाजनी नै गएको बोर्डका सुचना अधिकारी कृष्ण प्रसाद भूषालले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगार शाखाको तथ्याङकमा उल्लेख गरिएअनुसार १८८७ जनाको तथ्याङमध्ये कुनै पनि सिप तथा तालिम बिना किलिनरमा जाने महिलाको संख्या १ सय ६३ जना रहेको छ । त्यसैगरि जनरल क्लिनरमा सिप सिकेर जानेमा ५२ जना रहेका छन् भने सिपविहिन जाने १ सय ५९ जना रहेका छन् ।
यस्तै गरी क्यासियरमा ५६ जना, गार्डमा,४२ जना, नर्समा १३ जना, कुकमा ७ जना, भान्सा सहयोगीमा ४ जना, जिन क्लिनरमा ४ सय १७ जना, हेल्फर ७ जना, श्रमिक कामदारमा १२४ जना, गृहणीमा १४ जना, घरेलु कामदारमा ४४ जना, हेअर वियुटिसियनमा ३० जना रहेका छन् ।
यसैगरी ग्राउन्ड स्टेवार्डमा ३९ जना, ग्राहक प्रतिनिधीमा १ जना, ब्युटिसियनमा १६ जना, बच्चा हेर्ने १० जना, सुपरभाईजरमा ३० जना, कफी बनाउनेमा १५ जना, बडि मसाज गर्नेमा ५ जना, वेटरमा १ सय ९० जना, वेटेसमा ४८ जना, रिसेप्सनमा ९ जना र कुकमा ६ जना महिलाहरु रोजगारीको सिलसिलामा कतार गएका हुन् ।
उक्त तथ्याङ्क अनुसार घरेलु कामदारका रुपमा कुनै पनि तालिम सिप नलिईकन कतार जानेको महिलाको संख्या अधिक रहेको छ । यसरी विना सिप विदेश जाँदा बढी काममा पेलिनु पर्ने र हिंसामा पर्ने गरेको कतार गएर आएकी एक महिलाको बताइन् । यतिमात्र नभएर कतारमा महिलाहरुले नेपालबाट काम गर्न सक्ने बताए पनि त्यँहा नेपालको जस्तो हावापानी नभएकाले काम गर्न गाह्रो मान्ने गरेका छन ।
रोजागरीको सिलसिलामा कतार मात्र नभएर अन्य देशमा जाँदा पनि पहिला नै सबै कुराको आँकलन गरेर जानुपर्ने हुन्छ । यसो गर्दा रोजगारको क्रममा काम गर्न सजिलो हुनुका साथै सुरक्षित रहन सक्ने वैदेशिक विभाग बोर्डले जनाएको छ । बोर्डका अनुसार विगतका तुलनामा वर्तमान समयमा धेरै महिलाहरुले केही तालिम तथा सिप सिकेर जाने गरेका छन ।
कत्तार जाने महिलाहरुमध्ये कम संख्याले मात्र काम गर्न राम्रो र सुरक्षित रहेको बताउँदै आएका छन । नेपाली महिला कामदारहरु रहरले कत्तार गएका भने पक्कै पनि होइनन् । आफ्नो जन्मभूमीलाई छाडेर विदेशिनु उनिहरुको बाध्यता नै हो ।
किनभने नेपालमा रोजगारिका लागि राम्रो वातावरण र नेपालमा रोजगारिको ग्यारेन्टी नभएका कारण नै आफ्नो मातृभुमी छोडेर खाँडी मुलुक जाने गरेको उनिहरु सुनाउँछन् । वैदेशिक रोजगारमा कत्तार गएका केही महिलाहरुले काम गर्दा सिकेको नयाँ ज्ञानलाई नेपाल आएर फरक ढङ्गले परिचालन गरिहेको पाइन्छ भने केही महिलाहरुले रमाइलो गरेर नै पैसा सक्ने गरेका छन ।
वैदेशिक रोजगारमा पुगेर नेपाल फर्केपछि उनीहरुको सोच्ने बानी र काम गर्ने तरिकामा फरकपन देखिन थालेको छ । वैदेशिक यात्राले महिलाहरुको धारणा परिवर्तन गर्न पनि सघाएको छ । विगतमा सरकारले महिलाहरुलाई वैदेशिक रोजगारिमा जानका लागि श्रम सम्झैता नगरी पठाउने गरेको थियो । तर अहिले भने जुनसुकै मुलुकहरुमा रोजगारिका जान अनिवार्य श्रम सम्झौता गर्ने प्रावधान ल्याएको छ ।
जसकारण वैैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुले सुरक्षा र तोकिएको श्रमिक ज्याला समयमा नै पाउन थालेका छन् । २०४२ सालमा स्थापित वैदेशिक रोजगार ऐनले कत्तारमा मात्र नभएर विश्वभरी नै रोजगारीमा गएका नेपाली नागरिकहरुलाई सुरक्षा दिन नसकेपछि पुनः वैदेशिक रोजगार ऐन २०६४ जारि भयो ।
यस ऐनले वैदेशिक रोजगारका क्रममा विदेशमा ठगिएका महिलाहरुको सुरक्षा तथा क्षतिपूर्तिमा ठूलो सहयोग गरेको छ । यतिमात्र नभएर रोजगारिका लागि जाने देशसँग श्रम सम्झौता गरेर सुरक्षा तथा रोजगारको ग्यारेन्टी प्रदान गर्न थप सहयोग पुगेको छ ।
यसैगरि विदेशको यात्राला्ई थप सहज र मर्यादित बनाउँन वैदेशिक रोजगार नीति २०६८ जारि गरि अहिले कार्यन्वनमा आएको छ । यो नीति कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीमा जानेहरुलाई सहजता भएको नागरिकहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रीया