२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एमसीसी बीआरआईबारे छलफल

काठमाडौँ  :  चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा सामाजिक समावेशीकरण र संघीयता केन्द्ले ले बीआरआई र भूराजनीति जोखिम र अवसर, नेपाल–चीन सिमापार सम्बन्ध तथा नेपाल–चीन व्यापार, पारवहन र यातायातका विषयमा छलफल गरेको छ ।

केन्द्रले आयोजना गरेको कार्यक्रमले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई नेपालमा आगामी महाशक्ति प्रतिस्पर्धाको प्रभावलाई जोड दिएको हो ।

नेपालमा वासिङ्टन र बेइजिङले गरिरहेको कूटनीति अभ्यास विरोधाभासी रहेको उल्लेख गर्दै केन्द्रले एमसीसी र बीआरआईको सम्बन्धमा एक अर्काप्रतिको विचलनबारे पनि छलफल गरेको थियो , यस छलफलमा

केन्द्रले आज गरेको कार्यक्रममा वक्ताहरूले ऋणको अंशले बीआरआईलाई जटिल मुद्दा बनाएको बताएका छन् ।

सो मुद्दाले चिनियाँ पक्षसँगको नेपालको वार्तामा चिन्ता र सावधानीलाई प्रतिबिम्बित गर्न सक्छ जसले गर्दा बीआरआई परियोजनाको कार्यान्वयनमा ढिलाइ वक्ताहरूले धारणा राखेको केन्द्रले जनाएको छ ।