२०८२ जेठ २३ बिहीबार

राशिफल

रसुवामा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या ३४ प्रतिशत

काठमाडौँ  : रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको खोप दिने लक्ष्य रहेको छ । हालसम्म ९ हजार ८ सय ४५ जनाले मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । १९ हजार २ सय ६१ जनालाई बुस्टर डोज लगाउन बाँकी रहेको छ ।

गएको माघ ३ गतेदेखि जिल्लामा कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन सुरु गरिएको थियो । सुरुमा जिल्लामा अग्रपंक्तिमा रहेकालाई बुस्टर डोजको खोप लगाइएको थियो । क्रमशः कोभिडको पहिलो र दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई लगाउन थालिएको थियो ।