काठमाडौं : नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु भएको छ ।
प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा अधिकारीहरुको मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया थालिएको हो ।
प्रहरी नियमावली, २०७१ को ९औं संशोधनमार्फत जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको
बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद सृजना गरिएको थियो ।
तपाइँको प्रतिक्रीया