२०८२ असार ९ सोमबार

राशिफल

बुढानिलकण्ठ–१०को अध्यक्षमा मिश्रले दिए उम्मेद्वारी, जित्ने संभावना यस्तो छ ?

काठमाण्डौं  : आगामी बैशाख ३०  मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बुढानिलकण्ठ–१० बाट वडा अध्यक्ष पदमा देभीप्रसाद मिश्रको संभावना प्रवल रहेको छ ।

सबैभन्दा धेरै मतदाता रहेको बुढानिलकण्ठ–१० मा कांग्रेसको विभिन्न आकांक्षी भएपनि मिश्रको जित्ने संभावना मजबुत हुँदै गएको उनले बताए।

सामाजिक क्षेत्रमा अगुवा मिश्र २०४६ सालको विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेका थिए । उनी आफ्नो राजनिती जिवनमा संघर्ष र जेल जीवन हुँदै बुनपा–१० का पुराना क्रियाशिल पनि हुन् ।

निष्ठा र त्यागको राजनितिमा विस्वास गर्ने मिश्र कुरामा भन्दा काममा धेरै विस्वास गर्दछन् । आगामी स्थानीय निर्वाचनमा बुढानिलकण्ठ १० बाट अध्यक्ष पदमा दाबी गरेका छन ।