काठमाण्डौं : अर्को महिना वैशाखदेखि मुलुकमा चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिकरमंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ ।
त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभावु जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराईरमधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।
हिमाल र पहाडमा एमालेको संगठन मजबूत नै मानिन्छ। विगतमा ुमधेस र संघीयताु विरोधीको ट्याग एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन् ।
सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई(मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्।
चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन् । कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्।
तपाइँको प्रतिक्रीया