काठमाण्डौं : प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास९१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथि आरोप लागेको छ ।
८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न। ४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए ।
तपाइँको प्रतिक्रीया