काठमाडौं : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले नेपाल सरकारलाई आज हस्तान्तरण गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई साँचो हस्तान्तरण गर्न लागेका छन् ।
विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य निर्माणका काम र उपकरण जडान सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री कार्यालयमा साँचो हस्तान्तरण गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । त्यही समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कम्पनी सीएएमसीईलाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले कदर पत्र हस्तान्त्ररण गर्ने उनले बताए ।
अहिलेसम्म विमानस्थलको अहिले ९३ प्रतिशत काम सकिएको छ । विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेसन, फिनिसिङ लगायतका काम रहेको उनले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया