२०८२ असार ९ सोमबार

राशिफल

लुम्बिनीमा कांग्रेसले माग्यो सरकारको नेतृत्व

काठमाडौं : लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

प्रदेश सभा संसदीय दलको वैठकले सर्वसम्मत निर्णय गरी कांग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमति कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय गरेको हो ।

गत साउन २७ मा शंकर पोखरल नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउँदा नेपाली कांग्रेससँग ८८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको थियो । तर सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन नभएपछि कांग्रेस संसदीय दलको वैठकले नेतृत्व लिन केन्द्रीय नेतृत्वसंग अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

‘पूनेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गठबन्धन सरकार बन्दा माओवादी केन्द्रले फागुन २ गते जनयुद्ध दिवस मनाएर सत्ता हस्तान्तरण गर्ने सहमति जनाए पनि कार्यान्वयन नभएको बताए ।  आलोपालो सहमति कार्यान्वयन भएमा नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् ।

लुम्बिनीमा माओवादी केन्द्रका ,नेपाली कांग्रेस,जनता समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र उक स्वतन्त्र सांसदसहित गठबन्धन सरकार छ । ८१ सदस्यीय प्रदेश सभामा प्रमुख प्रतिपक्षी एमालेका ३६ सांसद छन् ।