२०८२ असार ९ सोमबार

राशिफल

महोत्तरीमा मोटरसाइकल अनियन्त्रित हुँदा १ जनाको मृत्यु

काठमाडौं :   महोत्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा एकजनाको मृत्यु भएको छ।

महोत्तरीको पिपरा गाउँपालिका ४ चाँदनी चौक नजिक जनकपुरधामबाट जलेश्वरतर्फ जाँदै गरेको प्र २–०२–००३ प ७८७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा मोटरसाइकलका चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठको मृत्यु भएको हो।

 

शुक्रबार राति करिब १० बजे मोटरसाइल अनियन्त्रित भएर लड्दा मोटरसाइकल चालक महासेठको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।