२०८२ असार ९ सोमबार

राशिफल

दोलखामा आगलागी हुँदा ३ घर जलेर नष्ट

काठमाडौं :  दोलखा कालीन्चोक गाउँपालिका ५, लापिलाङमा शनिवार बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पुनर्निर्माण गरिएका तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरू जलेर करीब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए । बाक्लो गाउँ भएको र घरहरू सँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको हो ।