रमन वन/काठमाण्डौं : नेपालको राजधानी काठमाण्डौं । विगतमा काठमाण्डौंलाई नेपाल पनि भन्ने गरिन्थ्यो । यही राजधानीमा आईपुग्छन् पूर्वमेचिदेखि पश्चिम महाकालिसम्मका नागरिहरु । राजधानी काठमाण्डौंमा साईकल चढ्नेदेखि कार चड्नेसम्म र सडकमा सुत्नेदेखि महलमा बस्नेसम्मका व्यक्तिहरु प्रसस्तै भेटिन्छन् । उपत्यकामा मान्छेहरुको बाक्लो भिड त छँदै छ ।
अझ बढी त सहरका चोक, चोकमा थुप्रिएको दुर्गन्धित फोहोरका कारण काठमाण्डौंको दृश्य एकाएक कुरुप बन्दै गएको देखिन्छ । चोकमा फोहोर थुप्रिएर समस्या भएको यो पहिलो पटक भने पक्कै हैन् । विगतमा पनि समय, समयमा फोहोरको डंगुरका कारण हजारौं नागरिकले सास्ती भोग्दै आएका थिए ।
तर अझै पनि यो समस्या ज्युँ को त्युँ नै छ । एक त शहरमा जताततै फोहारको डुङ्गुर छ भने अर्को तिर तिनै फोहोर उठाउनका लागि कलिला बालबालिकाको प्रयोग भैरहेको छ, जुन बालबालिका फोहोरका बोरा नभइ किताब, कापी र कलम समात्न लालायित छन् । बाटोमा हिँड्दा नाकमुख थुनेर हिँड्नु पर्ने बाध्यता छ ।
पछिल्लो समयमा काठमाडौँको खोला नाला किनारा यसै प्रदुषित नै छन् । त्यसमाथि लाजै नमानेर पुलमाथिबाट फोहोरका बोरा तिनै खोला नालामा फालिन्छन् ।मानवीय चापका कारण न त फुटपाथमा खुट्टा अटाउने ठाँउ छ न त फोहोर फाल्ने ठाँउ नै पर्याप्त छन् । शहरका सहायक मार्ग, बजारका गल्ली र चोक अनि चौताराहरु फोहोर फाल्ने ठाउँ बनिरहेका छन् ।
उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमका साथै सडक छेउमा फोहोर राख्ने डस्बीनहरुको समेत व्यवस्था गरेको छ । तर फोहोरको दीर्घकालीन समाधान हुन सकेको छैन भने कार्यक्रम पनि प्रभावकारी हुन सकेका छैनन् ।
उपत्यकाको फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान के हुन सक्छ भनेर अहिलेसम्म चौतर्फि आवाजहरु उठ्न थालेको छ । फोहोर व्यवस्थापनका लागि सडकका छेउमा फोहोर राख्न डस्बीनको व्यवस्था गर्नेदेखि सडक सफा गर्न बु्रमरको समेत प्रयोग भइरहेको छ । तर समस्या भने उस्तै नै छ ।
फोहोर व्यवस्थापनको दिर्घकालीन समाधानका लागी कौसी खेती प्रभावकारी हुने कतिपयको भनाई छ भने प्रविधि भित्र्याएर रिसाईक्लिङ गर्नुपर्ने सरोकारवालाको सुझाव छ । यस्ता विषयमा सयौं गोष्ठी र कार्यक्रम गरी सुझाव लिने गरे पनि फोहोरको दिर्घकालीन समाधान अझै निस्कन सकेको छैन । धेरैले धेरै किसिमको सुझाव दिंदा केहीले भने राज्य स्वयंले संयन्त्र बनाई सिसडोल क्षेत्रका बासिन्दालाई व्यवस्थीत गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् ।
फोहोर व्यवस्थापन गर्न नसक्नु महानगरपालिकाकाको वषौंदेखिको टाउको दुखाइ बनिरहेको छ । जुन नेतृत्व फेरिए पनि फोहोर व्यवस्थापनको समस्या पुरानै छ । अवस्था देखेर सर्वसाधारण पनि वाक्क छन् । महानगरपालीकालाई मात्र दोष दिएर राज्य चुुप लागेर बस्न नहुने तथा व्यक्ति स्वयम नै सचेत भएमा मात्र फोहोरको दिर्घकालीन समाधान हुने महानगरपालिकाका सरोकारवालाहरु बताउँछन् । यो कत्तिसम्म जायज छ ? भनेर पनि आम नागरिकले नसोचेर पो हो कि ?
काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौ महानगरलाई दिईएको छ । उपत्यका भित्र दैनिक ७ सय टन फोहोर निस्कने गर्छ । फोहार व्यवस्थापनकै सम्बन्धमा करोडौं खर्च गरेर विदेश भ्रमणदेखि तालिमहरु हुने गर्छ तर समस्या उस्तै पाइन्छ । फोहोरलाई मोहर बनाउने भनेर नारा पनि लगाए तर फोहोरलाई मोहरमा रुपान्तरण गर्ने कुनै कार्यक्रम महानगरपालिकाले कार्यान्वयन गर्न सकेको देखिंदैन ।
गल्ती कसको व्यक्ति, समाज या सरकार ?
समाजशास्त्री सम्राट शर्मा यसमा व्यक्ति, समाज र सरकार सबैलाई उत्तिकै दोषी ठान्छन् । उनी भन्छन्, ‘नेपाली समुदायमा फोहोर गर्ने गतल संस्कार अति नै सामान्य मानिन्छ । यस्तो संस्कारको विकास हुनुमा व्यक्ति, समाज र सरकार सबैको दोष देखिन्छ ।’ व्यक्ति कस्तो वातावरण जन्मियो, हुर्कियो अनि उसले त्यहाँबाट कस्तो शिक्षा दीक्षा पायो भन्ने कुराले समुदायप्रतिको उसको कर्तव्य बोध गराउनमा पनि विशेष भूमिका खेलेको हुन्छ ।
उनले भने, ‘जबसम्म व्यक्तिले आफ्नो घर र समाज वरिपरीको फोहोर सफा गर्ने दाइत्वको बोध गर्दैन तबसम्म सफा र स्वच्छ शहरको परिकल्पना गर्न सकिँदैन ।’ फोहोर मैला व्यवस्थापनमा राज्यले ल्याएको कमजोर नीति नियमका कारणले पनि समस्या निम्त्याएको छ । राज्यको कमजोर नीतिका कारणले पनि फोहोरको उचित व्यवस्थापन हुन नसकेको हो भन्दा फरक पर्दैन ।
ठाउँठाउँमा होडिङ्ग र्बोड टाँसेर यहाँ फोहोर फाल्न सख्त मनाही छ, यदि फोहोर फालेको फेला परेमा यतिदेखि यति जरिवाना गरिनेछ भनेर पनि लेखिएको हुन्छ । तर त्यही सूचना लेखेको ठाउँमै फोहोरको डंगुर देखिन्छ । यसको अर्थ या त समाजका सबै नागरिकहरु मुर्ख छन् या त्यहाँ फोहोर फाल्ने एक जनालाई पनि कारबाही भएको छैन् ।
के सूचना टाँस गर्दैमा टोल सुधार समिति अथवा राज्यका निकायको कर्तव्य सकिएको हो ? शर्मा भन्छन्, ‘यदि जथाभावी फोहोर फाल्नेहरुलाई कारबाही गर्ने कुरालाई अभियानकै रुपमा अगाडि बढाउन सकियो भने सायद सूचना टाँस गरेको ठाँउमा त पक्कै पनि फोहोरको डंगुर देखिने थिएन होला ।’
फोहोरबाट निस्किने मिथेन ग्यासले कार्बनडाइअक्साइडभन्दा २१औं गुना बढी तापक्रम बढाउँछ । जसलाई हामीले बेवास्ता गरिरहेका छौं । अहिले गरेको बेवास्ताबाट १ हजार वर्षसम्म हाम्रो पुस्ताले सजाय भोग्नेवाला छ ।
– भूपेन्द्र दास, विज्ञ
मिथेन उत्सर्जन हुन नदिन फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने उनी बताउँछन्। निकै हानिकारक, हानिकारक र कम हानिकारक घरमै छुट्टयाएर व्यवस्थापन गर्नुपर्छ। उनका अनुसार फोहोर उठाएको ठाउँमा गन्ध नआओस् भनेर विभिन्न रासायनिक पदार्थ छर्किने चलन छ। त्यसले पनि मानव स्वास्थ्य र वातावरणमा सिधा असर गर्छ।
फोहोरबाटै कार्बनडाइअक्साइड, अमोनिया र हाइड्रोजन सल्फाइडजस्ता ग्यास उत्सर्जन हुन्छ। दिउँसो घाम लाग्दा फोहोर तातेर वाष्पीकरणमार्फत मिथेनलगायत ग्यास वायुमण्डलसम्म पुग्छ। त्यसले वायु प्रदूषण त गराउँछ नै। त्यससँगै उक्त ग्यास श्वास–प्रश्वासको माध्यम हुँदै मानव शरीरमा पुग्छ।
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठ उपत्यकाका तीन जिल्लामा दैनिक १ हजार मेट्रिक टन फोहोर निस्कने बताउँछन्। तीमध्ये ७० प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ। ‘ठाउँ नै अभाव छ। बाँकी ३० प्रतिशत फोहोर लैजान नभ्याई स्थानीयले यत्रतत्र जलाउने र नदीमा बगाउने गर्छन्।’
महानगरले फोहोर व्यवस्थापन गर्न नसकेको श्रेष्ठ स्वीकार गर्छन्। ‘फोहोरबाट निस्कने मिथेनलगायत ग्यासले वायुमण्डलमा पार्ने प्रभावका बारेमा जनचेतनामूलक कार्यक्रम लैजान सकेका छैनौं’, उनी भन्छन्, ‘यसकारण पनि जनता सजग हुनै पाएका छैनन्।’
त्रिभुवन विश्वविद्यालयअन्तर्गत वातावरण केन्द्रीय विभाग प्रमुख डा। रेजिना मास्के फोहोरजस्तो संवेदनशील विषयमा हामी जनता नै गैरजिम्मेवार बनेको बताउँछिन्। ‘वायुमण्डल प्रदूषण गराउने विषयमा हरेक घरपरिवारसँगै स्थानीय तह जिम्मेवार छन्। घरबाटै कुहिने र नकुहिने फोहोर छुट्ट्याउने वातावरण बनाऔं।
अभियान चलाएर अगाडि बढौं। फोहोर नछुटाउनेलाई कडा कारबाही गरौं’, डा। मास्के भन्छिन्, ‘हामीले यो प्रस्ताव सयौं पटक सरकार र स्थानीय तहसमक्ष लग्यौं। तर, अहिलेसम्म सुनुवाइ भएको छैन।’
डा। मास्केका अनुसार फोहोरको वैज्ञानिक व्यवस्थापन भनेको सुरुमै त्यसलाई छुट्ट्याउनु हो। गल्नेलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्न सकिन्छ। कतिपय फोहोर बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ। काठमाडौंको हकमा १० वर्षसम्म पुग्ने ठाउँ एकै वर्ष भरिएकै उनी बताउँछिन्।
‘अनि व्यवस्थापन कसरी हुन्छ रु सबै मिसाएर जाने हुँदा काठमाडौंको अवस्थामा ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने फोहोर निस्कन्छ’, उनी भन्छन्, ‘दुवै मिसिएपछि मिथेन ग्यास अति छिटो निस्कने हो। थाहा भएकालाई सिकाउन गाह्रो छ। थाहा पाएका लापरवाही गर्छन्।’
नगरपालिकाले तुरुन्त फोहोर उठाउँदैन। स्थानीयले खोलाछेउ फाल्छन्, जलाउँछन्। यस्ता गतिविधिले खोला सुक्ने, मिथेन यत्रतत्र हावामा पैmलने गर्छ। यस्ता ग्यास हजारौं वर्षसम्म वायुमण्डलमा घुमिराख्छ। जसकारण श्वास–प्रश्वासमै समस्या आउँछ।
फोहोर व्यवस्थापन कसरी गर्ने ?
प्रत्येक घरवाट दैनिक औसत ५ केजी फोहोर निस्किने गर्दछ । सहरमा हेर्ने हो भने एकै घरमा एक भन्दा बढी परिवार रहने भएकाले फोहोर यो भन्दा बढी निस्किरहेको अवस्था छ । तर यसरी तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ रु भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै राखेर पठाउनुहुन्छ रु अहिले सम्म जे जस्तो अभ्यास गर्दै आएपनि अब बानी बदल्नुहोस् । फोहोरको उचित व्यवस्थापनका लागि केहि उपायहरु यस प्रकार छन् ।
फोहोर उत्पादनमा कमी – फोहोर व्यवस्थापनको पहिलो उपाय फोहोर कम उत्पादन गर्ने हो । यसका लागि खाना पकाउँदा पुग्दो मात्र पकाउने, कपडाहरु लामो समयसम्म टिकाउ हुने खालका किन्ने, पैसाले पुग्यो भन्दैमा एकै व्यक्तिले धेरै जोर कपडा नकिन्ने, जुत्ताको प्रयोग त्यही तरिकाले गर्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने गर्नुपर्दछ ।
फोहोरलाई चिन्नुहोस् – हामीले फोहोर भन्दै सबै चीज एकैठाउँमा पोका पारेर नगरपालिकाको गाडी आउँदा त्यसैमा हालेर पठाउदै आएका छौं, तर त्यसो होइन, यसलाई चिन्न सक्नुपर्छ । फोहोरलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि कच्चा पदार्थ पनि हुनसक्छ । फोहोरको स्रोतमै वर्गीकरण, फोहोरलाई एकै ठाउँमा नराखी स्रोतमै वर्गीकरण गर्यौं भने व्यवस्थापनका लागि सजिलो हुन्छ । अरु तरिकाले छुट्याउन नसकेपनि कुहिने फोहोर एकातिर र नकुहिने फोहोर एकातिर छुट्याएमा कुहिने फोहोर मल बनाउन र बायोग्याँसका लागि प्रयोग गर्न सकिन्छ ।
पुनःप्रयोग गर्ने – पुराना तथा थोत्रा कपडा, जुत्ता, फलफूल, तरकारी, प्लाष्टिक, कागज जस्ता वस्तुहरुहरुलाई ठोस फोहोरमैला भनिन्छ । ती मध्ये दुई तिहाई अर्थात तीन भागको दुई भाग फोहोर कुहिने खालका हुन्छन् । कुहिने फोहोरलाई मात्र राम्ररी तह लगाउन सक्यौं भने बाँकी एक तिहाई फोहोर नगनाउने अर्थात प्लाष्टिक, कागज तथा धातुजन्य सामग्री हुन्छन् । ती मध्ये पनि पुनःप्रयोग गर्न सकिने फोहोरलाई पूनः प्रयोग गर्ने हो भने विसर्जन गर्नै पर्ने फोहोरको मात्रा अति कम हुन्छ ।
पुनःप्रशोधन गर्ने – कतिपय फोहोरहरु प्रशोधन गरेर फेरि प्रयोगमा ल्याउन सकिन्छ । त्यसलाई त्यत्तिकै फ्याँक्दा ठूलो ठाउँ ओगट्ने भई ल्याण्डफिल साइडटको आयु घटाउँछ । जस्तो कागज, फलामका टुक्रा, प्लाष्टिकका बोतल तथा तारजाली इत्यादि । यी वस्तुहरुको सामान्य प्रशोधन पछि पुनः प्रयोग गर्न सकिन्छ वा यसको स्वरुप नै बदलेर अर्कै बस्तु पनि तयार पार्न सकिन्छ ।
ल्याण्डफिलमा फोहोरलाई मात्र पठाउने – अहिले जस्तो पायो त्यस्तै फोहोर ल्याण्डफि साइटमा पठाइरहेका छौं, बढीजसो त मानिसका कपडा, जुत्ता, झोला जस्ता कपडाजन्य वस्तुले नै ल्याण्डफिल साइट भरिने गरेका छन् । कम्तीमा कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याएर पठाउने हो भने भए भरका फोहोर ल्याण्डफिल साईटमा पुर्याइरहनु पर्दैन । यसले ल्याण्डफिल साइट भरिन पाउदैन ।
गन्धरहित बनाउने स् सबै प्रकारका फोहोर एकैठाउँमा राख्दा फोहोर गन्हाउँछ । तपाईको कोठा वा बाहिरको वातावरण पनि प्रद्षित बनाउँछ । सबै खाले फोहोर एकै ठाउँमा हाल्दा चाँडो कुहिने हुन्छ । जसका कारण चाँडै गन्हाउछ, यदि फोहोरलाई गन्धरहित बनाउने हो भने पनि तपाईले फोहोरलाई छुटाएर राख्नु नै वेश हुन्छ । फोहोर नकुहिएपछि न झिंगा भन्किन्छ न अरु कीटपतंग नै आउँछ ।
फोहोरलाई मोहोरमा बदलौं – काठमाडौ उपत्यकामा मात्र दैनिक १ हजार टन फोहोर उत्पादन हुदै आएको छ । ती मध्ये झण्डै ७० प्रतिशत कुहिने र बाँकी नकुहिने फोहोरमैला हुन्छन् । कुहिने फोहोरमैलाबाट बायोग्याँस निकाल्ने वा कुहाएर कौसी खेती गर्ने होभ ने पनि मोहोर नै हुन्छ । त्यसका अलावा नकुहिने मध्येबाट पनि फेरि प्रयोग गर्न सकिने फोहोर जत्तिलाई पुनः प्रयोग गर्ने हो भने फ्याँक्नैपर्ने फोहोरको मात्रा एकदमै थोरै हुन्छ ।
तपाइँको प्रतिक्रीया