२०८२ जेठ २२ बुधबार

राशिफल

एनआरएनए सत्ययुग हुँदै कलियुगमा प्रवेश गरेको पूर्वअध्यक्षको दावी

काठमाडौं :  गैर–आवसीय नेपाली महासंघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मिक तरिकाले विश्लेषण गरेका छन् ।

काठमाडौंमा जारी १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनले बताएका हुन् ।

‘‘उनले भने,‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौं,’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्वापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’