२०८२ असार ९ सोमबार

राशिफल

विकास निर्माणको कामको जिम्मेवारी स्थानीयलाई नै दिनुपर्छ   :  प्रधानमन्त्री देउवा

काठमाण्डौ  :  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनु भएको छ ।

आज ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयहरुलाई नै विकास निर्माणको काम जिम्मा दिनुपर्ने बताएका छन् । उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकोले प्रायजसो काम गुणस्तरीय ढङ्गबाट सम्पन्न भएको समेत उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने,‘‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । स्थानीय तहमा दिएको विकासको जिम्माले अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा हुन नसकेपनि बढी ठाउँमा भने राम्रो र छिटो काम भएको छ ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो ।

यस मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।