२०८२ असार ९ सोमबार

राशिफल

घाइते भएका संसदीय दलका प्रमुख सचेतक प्रमोद शाहलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं : साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । सो आक्रमणमा परी उनी घाइते भएका थिए ।

साहको टाउकोमा गहिरो चोट लागेको छ ।\

स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले जानकारी दिए । डीएसपी बुढाथोकीका अनुसार इश्वरपुर नगरपालिकामा बाटो निर्माण गर्ने क्रममा दुई पक्षबीच झडपमा परि उनी घाइते भएका हुन ।