काठमाडौं : फिल्म निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ २५ मार्चबाट प्रदर्शनमा आएको छ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ। भारतसँगै नेपालमा पनि फिल्मका हरेक शोहरु हाउसफुल भएका छन्।
यसबीच भारतमा ‘आरआरआर’ हेर्न पुगेका एक युवकको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्रप्रदेशस्थित अन्नतपुरको ‘एस वी मेक्स’मा फिल्म हेर्न पुगेका सोही स्थानका ओबुलेसु नामका युवकको मृत्यु भएको हो। शुक्रबार बिहानको शो हेर्न सिनेमा हल पुगेका ओबुलेसुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ, ।
तपाइँको प्रतिक्रीया