काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन् ।
हिजो काठमाडौंमा आयोजित नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।
पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको समेत बताए ।
तपाइँको प्रतिक्रीया