काठमाडौं : आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा बुढानीलकण्ठ नगरपालिका(१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका(७ घर भएका ४२ वर्षीय प्रवीण चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
अहिले घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यसका वारेमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहररीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया