२०८२ जेठ २७ सोमबार

राशिफल

४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग पुष्टि

काठमाडौँ :  सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग पुष्टि भएको छ । गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।

गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहँदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।

पोषण पुनर्स्थापना केन्द्र सप्तरीका प्रमुख रश्मी झाका अनुसार उक्त गाउँमा बसोवास गर्दै आएका दलित, विपन्न मात्र नभएर अन्य जातजातिका बालबालिका पनि कुपोषण र क्षयरोगको सिकार बनेका छनु ्। सन्तुलित आहारको विषयमा जानकारी नभएर यस्तो भएको ह‍‍ो । कुपोषणको अवस्था विकराल छ । हाम्रो लक्ष्यभन्दा बढी कुपोषित बालबालिका आउँछन् । सीमित बजेट भएकोले . सबै प्रकारका सेवा वितरणमा कठिनाइ परेको उनको भनाइ छ ।

पोषण पुनःस्थापना गृहमा १० वटा बेड मात्र भएकाले भर्ना भएका बालबालिकाहरुलाई लामो समय राख्न समेत गाह्रो भएको छ । भर्ना भएका बालबालिका तीन हप्तादेखि चार हप्तासम्म राख्नुपर्ने अवस्था पनि आएको छ । जसका लागि व्यावस्थापनका लागि समस्या परेको उनले बताइ ।