२०८२ जेठ २२ बुधबार

राशिफल

रुस र युक्रेन युद्ध :  अमेरिकाले रासायनिक हतियार प्रयोग नगर्ने

काठमाडौँ  :  संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ।

 

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गरे पनि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थितिमा रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले संचारमाध्यमलाई जानकारी दिए ।

ुरूसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ। यद्यपि संयुक्त राज्य अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन उनले भने ।