२०८२ असार ९ सोमबार

राशिफल

अब कांग्रेसलाई जिताएर देश बन्न सक्दैन :  राजेन्द्र लिङदेन

काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देशलाई सक्षम बनाउन सक्छन् भनेर प्रश्न गरेका छन् ।

हिँजो काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कति समय पाएमा देश सक्षम बनाउन सक्छन् भन्ने प्रश्नको जवाफ उनीहरुसँगै नभएको उनले जिकिर गरे ।

अबको समयमा पनि कांग्रेसलाईमात्र जिताएर नहुने समेत उनले बताएका छन् ।उनले ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।