२०८२ असार ९ सोमबार

राशिफल

एमाले एक्लै निर्वाचनमा लड्ने तयारीमा रहेकाले माओवादी केन्द्रले एमालेसंग हातेमालो गर्ने सपना नदेखे हुन्छ  :  महेश बस्नेत

काठमाडौँ  :  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिकास्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले यस्तो बताएका हुन ।

कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्र कम्युनिष्ट भएकाले ती दलहरूसँग तालमेल नहुने समेत उनले उल्लेख गरेका छन ।

उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गरेका हुन । उनले यस्तो बताउँदै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए ।