काठमाडौँ : युवा तथा खेलकुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए ।
पारित बुँदामा युवा तथा खेलकुद क्षेत्रको बजेट वृद्धिका लागि पहल गर्ने, खेल पूर्वाधारसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गर्ने, खेलकुदका कर्मचारी समायोजन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनका लागि नीतिगत आधार तयार गरी अन्तर तह सहकार्य गर्नेलगायत छन् ।
तपाइँको प्रतिक्रीया