२०८२ असार ९ सोमबार

राशिफल

प्रतिपक्ष दलसँग सहकार्य गरेर नै योजना नीति अवलम्बन गरेका  छौं :  मुख्यमन्त्री केसी

काठमाडौँ  :  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भएको छ ।

नगर प्रमुख नरेन्द्रकुमार गुप्ताका अनुसार बालमैत्री स्थानीय शासन, बालअधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको ५१ वटा सुचक पूरा गरेपछि नगरलाई बालमैत्री घोषणा गरिएको हो ।

शनिबार लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एक समारोहबीच नगरलाई बालमैत्री घोषणा गरेका हुन् ।

बालमैत्री घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सरकारले प्रतिपक्ष दलसँग सहकार्य गरेर नै योजना तथा नीति अवलम्बन गरेको बताए । ‘प्रतिपक्ष दलले भने जस्तो हामीले संसदीय सिद्धान्तविपरीत काम गरेका छैनौं उनले भने ।