२०८२ असार ९ सोमबार

राशिफल

निर्वाचनमुखि गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने पौडेलको दावी

काठमाडौँ  :  नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आफूहरूले नयाँ राजनीतिक संस्कृतिको विकास गर्न चाहेको बताएका छन् । राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एक अर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ ।

नेपाली काँग्रेस स्याङ्जाको बिरुवा गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘हामी राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँ ।

’ उनले आगामी चुनावमा कसैलाई हराउने भन्दा पनि पार्टीले जित्ने उद्देश्य भएको बताए । उनले अबको प्रतिस्पर्धा मुद्दामा आधारित हुनुपर्नेमा पनि जोड दिए ।