काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । शनिबार नेपालका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो ।
चीन र नेपालबीच भएका ९ बुँदे समझदारी
१. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी
२. नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
३. नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता
४. सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी
५. चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र
६. अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र
७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज
८. कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र
९. चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी
तपाइँको प्रतिक्रीया