२०८२ असार ९ सोमबार

राशिफल

चिनियाँ विदेशमन्त्रीले आज ओली र प्रचण्डलाई पनि भेट गर्ने

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् । ओलीले बिहान ११:१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने बताइएको छ ।

यसपछि नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११:४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् ।